संखुवासभा जिल्ला भित्रका साविक २४ नपा/गाविसका दोस्रो ब्याचसम्मको भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली सुची आ.व. २०७३-७४ को निर्वाचन क्षेत्र नं १ तर्फको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सुची आ.व २०७३/७४ मा सामाजिक सुरक्षा पाउने लाभग्राहीको सुची कर्मचारी विवरण आ.व. २०७३-७४ को निर्वाचन क्षेत्र नं २ तर्फको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको सुची आगामी आ.व. २०७४/७५ को योजना तर्जुमा सम्बन्धि मार्गदर्शन र बजेट शिलिङ्ग वार्षिक समीक्षा गोष्ठी २०७३ को निचोड आ.व. २०७२/७३ को वार्षिक जिल्ला समीक्षा गोष्ठीमा प्रस्तुत भएका प्रस्तुति स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त र मापदण्ड LGCDP Focal person को छनोट प्रक्रिया स्थागित सम्बन्धि सूचना सामाजिक परिचालन सम्बन्धि ३ दिने तालिम जिविस हलमा सुरु जिविस वेभसाइट तालिम विकास साझेदार संस्थाहरुको विवरण आवधिक जिल्ला विकास योजनाका लागि प्राविधिक तथा आर्थिक प्रस्तावनाको TOR २४ औं जिल्ला विकास योजना आ.व. २०७३/०७४ LGCDP को तर्फबाट जिविस र न.पा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत, सामाजिक विकास अधिकृत तथा इन्जिनियर पद सम्वन्धी विज्ञापन संखुवासभा जिल्लाको २४औं जिल्ला परिषद् बैंठकका लागि ईलाकास्तरीय योजना तर्जुमा गोष्ठिबाट सिफारिस भई आएका योजनाहरुको सूची Annual Road Asset Management Plan (ARAMP) 2015-16 पुर्व योजना तर्जुमा गोष्ठीमा भएका निर्णयहरु र अनुसूची ६ , ७ Invitation for bids(Upgrading of Chainpur-Bahrabise Road) आवधिक जिल्ला विकास योजना तर्जुमा सम्बन्धि परामर्श सेवाका लागि आशय पत्र आ.व. २०७२/७३ का लागि जिल्ला दररेट आ.व. २०७१/७२ को जिल्ला स्तरीय बार्षिक प्रगति समीक्षा निचोड आ.व. २०७०/७१ को MCPM नतिजा

संक्षिप्त परिचय

नेपालको पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो । यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्वु र भोजपुर जिल्ला, उत्तरमा चिनको तिव्वत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ । यसले नेपालको कुल क्षेत्रफलको २.३६%,पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ । समुद्र सतहको ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७०६’ उत्तरदेखि २७५५’ उत्तरी अक्षांशसम्म र ८६५७’ पूर्वदेखि ८७४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । उत्तरतर्फो फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरुले शुसोभित यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमावसोवास युक्त पहाडी भू-भाग रहको छ ।
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ । यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लालिगुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन् । यस जिल्लाको कुल जमिनमध्ये ८।२७५ कृषियोग्य जमिन, ४०।३१५ वन क्षेत्र, ११।३७५ चरन तथा झाडी क्षेत्र, २७।३९५ हिम तथा जल क्षेत्र र १२।६६५ भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ ।

यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा,सिसुवाखोला  लगायतका प्रमुख खोलाहरु यस जिल्लामा बग्दछन् । सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरु हुन भने सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी,मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरु हुन ।

यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी,  जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८४६३ मी.),  मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन् । यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ ।

एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो । किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरुमा गढि, गोला, कोट आदि भएको तथ्य हाल सो  अनुसार रहेको गाँउहरुको नामाकरण हटियागोला, गढि बजार, लोहाकोट आदि ले पुष्टि गर्दछन् ।

यस जिल्लाको आर्थिक स्रोत कृषिमा निर्भर रहेको छ । आर्थिकरुपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन् ।


Skip to toolbar